चितवनमा विजयसँग मतान्तर फराकिलो बनाउँदै रेनु

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छिन् ।
अहिलेसम्म २७ हजार २६७ मतगणना गरिएको छ । दाहालले ९ हजार ९२४ मत पाएकी छन् ।
नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले ८ हजार २४० मत ल्याएका छन् । दाहाल र सुवेदबीचको मतान्तर १ हजार ६८४ छ ।
यस्तै, स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ४ हजार ४४८ मत पाएका छन् ।
प्रतिक्रिया