तीन दिनदेखि क्षीरेश्वरनाथ नगरपालिकाको मतगणता अवरुद्ध, अझै भएन सुचारु

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मतगणना दुई दिनदेखि अवरुद्ध छ । मंगलवारदेखि अनिश्चित समयका लागि स्थगित गरिएको मतगणना अझै सुचारु हुन सकेको छैन ।

क्षीरेश्वरनाथ नगरपालिका ५ को क्षीरेश्वर जनता उच्च मा.वि.(ङ)मतदान केन्द्रको मतगणना पुनः गर्नुपर्ने माग गर्दै एमाले पक्षघरहरु आन्दोलित भएपछि मतगणना स्थगित गरिएको थियो । उनिहरुले अफ्नो उम्मेदवार १ मतले विजयी भएपनी निर्वाचन अधिकृतले पक्षपात गरेर काँग्रेसका उम्मेदवारलाई २ मतले जिताउन खोजेको आरोप लगाउँदै आन्दोतिभ भएपछि मतगणना स्थगित भएको थियो ।

क्षीरेश्वनाथ नगरपालिकाको निर्वाचन अधिकृत विकास बस्नेतले लगातार मतगणना सुरु गर्ने प्रयास गरिएको भएपनि अहिलेसम्म गणना सुरु गर्न सहमति नजुटेकाले गणना सुरु हुन नसकेको बताए ।

बुधवार ३ घण्टा चलेको सर्वदलिय बैठक बिना निष्कर्ष सम्पन्न भएको थियो । पटक पटक बसिरहेको सर्वदलीय बैठकबाट सहमति नजुट्दा गणना सुरु हुन नसकेको निर्वाचन अधिकृत विकास बस्नेतले बताए ।

दलका प्रतिनिधिहरुले मतगणनाको विषयमा विवाद सिर्जना गरेकोले सूचना जारी गर्दै मंगलवार दिउँसो देखि मतगणना कार्य स्थगित गरिएको थियो ।

निर्वाचन अधिकृत बस्नेतले यस विवादको सम्बन्ध केन्द्रिय निर्वाचन आयोगलाई लेखि पठाएको र उताबाट आउनु निर्देशन बमोजिम अघि बढ्ने जानकारी दिएका छन् ।

यस नगरपालिकामा कांग्रेसबाट निवर्तमान मेयर योगेन्द्र पजियार, एमालेबाट सुखदेब यादव र एकीकृत समाजवादीबाट शिवशंकर प्रसाद सिंह उम्मेदवार छन्।

निवर्तमान मेयर पजियार र सुखदेव यादव बीच कडा प्रतिस्पर्धा चलिरहेको छ। पछिल्लो समय यादवले अग्रता लिएका छन्। पजियार कांग्रेसका जिल्ला सभापति समेत हुन्।

यो पनि :- धनुषाको क्षीरेश्वरनाथको मतगणना स्थगित, पुनः मतगणना हुनुपर्ने भन्दै प्रदर्शन

प्रतिक्रिया
नागरिक मिरर