जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले आफ्नो अग्रता बढाउँदै गएको छ ।

साहले पाँच हजार ६१ मत प्राप्त गरेको छ । एमालेका शिवशंकर साह(हिरा)ले तीन हजार २३१ मतका साथ दोस्रो, लोसपाका मनोज चौधरी एक हजार ४८८ मत प्राप्त गरी तेस्रो र स्वतन्त्र उम्मेदवार बलराम महतो एक हजार ४०८ मतका साथ चौथोे स्थानमा रहेको छ । निवर्तमान नगरप्रमुखसमेत रहनुभएका गठबन्धनका लालकिशोर साह एक हजार २८३ मतका साथ पाँचौँ स्थानमा छन् ।

उपप्रमुखमा कांग्रेसका किशोरी साहले अग्रता कायम राखेको छ । उनले पाँच हजार ३९५ मत प्राप्त गरेको छ । एमालेका रुना झाले तीन हजार ५६४ मतका साथ उनलाई पछ्याइ रहेको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया
नागरिक मिरर