धनुषाधामको मेयरमा पुनः मण्डल विजयी

जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका बालेश्वर मण्डल पुनः विजयी भएका छन् । नगरपालिकाको मेयरमा मण्डलले ४ हजार ७१८ प्राप्त गरी विजयी भएको छ ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका योगकुमार यादवले ४ हजार १७९ मत ल्याएका छन् ।

उपमेयरमा कांग्रेसकै विद्यादेवी भुजेल निर्वाचित भइन् । उनी ४ हजार ७५८ मत ल्याएर निर्वाचित भएकी हुन् । नेकपा एमालेकी शान्तिदेवी सुडीनले ३ हजार ९३३ मत प्राप्त गरिन् ।

प्रतिक्रिया
नागरिक मिरर