भरतपुरमा रेनुको २० हजार बढी मत

भरतपुर । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायमै छ ।

कुल ५४ हजार ४२ मत गणना भएकोमा रेनुले २० हजार ४९२ मत ल्याएकी हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १७ हजार १८२ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७ हजार ८८२ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया