धरानका स्वतन्त्र उम्मेदवार राईको अग्रता कायमै

धरान । सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार हर्कराज राईले अग्रता कायमै छ ।

अहिलेसम्म ४३ हजार ५२२ मत गणना हुँदा उनले १३ हजार ६३१ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले ११ हजार ५६७ मत पाउँदा नेकपा एमालेका उम्मेदवार मञ्जु भण्डारी सुवेदीले ९ हजार ४४३ मत ल्याएकी छन् ।

प्रतिक्रिया