धनुषाको हंसपुर नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस
जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा कांग्रेसका प्रदीप यादवले चार हजार ४०९ मतका साथ विजयी भएको में छ ।
निकटतम प्रतिस्पर्धी लोसपा पूर्वमेयर रामज्ञान मण्डलले दुईहजार ८१५ मत गरेका छन् ।
त्यस्तै उपमेयरमा पनि कांग्रेसकी दुर्गा देवी चार हजार ४६५ मत ल्याएर विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाकी दिपिका क्षेत्रीले २९०३ मत प्राप्त गरेकी छिन् ।
प्रतिक्रिया