चितवनमा प्रतिस्पर्धीलाई फराकिलो अन्तरले पछि पार्दै रेनु

चितवन । चितवनको भरतपुर महानगरमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की मेयर पदकी उम्मेदवार रेनु दाहालको अग्रता कायमै छ ।

अहिलेसम्म ७६ हजार ५६६ मतगणना गर्दा रेनुले २९ हजार ६७५ मत पाएकी छन् । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २३ हजार ८६१ मत ल्याएका छन् ।

स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १० हजार ४२४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया