भरतपुरमा रेनु दाहालको अग्रता कायमै

भरतपुर । भरतपुरको चितवन महानगरपालिकामा रेनु दाहालको अग्रता कायमै छ ।

भरतपुरमा अहिलेसम्म ८८ हजार २८२ मतगणना भएको छ । जसमा रेनुले ३४ हजार ६४८ मत पाएकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले २७ हजार ३७० मत ल्याएका छन् । त्यस्तै स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ११ हजार ७२० मत कटाएका छन् ।

प्रतिक्रिया