धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार राई निर्वाचित

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित भएका छन् ।

निर्वाचित राईले २० हजार ८२१ मत ल्याएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका किशोर राईले भने १६ हजार ५९ मत ल्याएका छन् ।

हर्कराजले ४ हजार ७६२ मत अन्तरले किशोर राईलाई पराजित गरेका छन् ।

उपमेयरमा भने माओवादी केन्द्रका अइन्द्र विक्रम बेघा २० हजार ५१० मतसहित निर्वाचित भएका छन् ।

प्रतिक्रिया