सरकारले आज आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ ।

सरकारका तर्फबाट आज राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेकी हुन् ।

सरकारले आज प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते बजेट वक्तव्य सार्वजनिक गर्नेछ ।

प्रतिक्रिया