भरतपुर महानगरको मेयरमा रेनु दाहाल विजयी

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी नेकपा माओवादीकी नेता रेनु दाहाल विजयी भएकी छन्।

रेनुले ५२ हजार ३० मत ल्याउँदै विजयी भएकी हुन् । नेकपा एमाले-राप्रपा गठबन्धनका उम्मेदवार एमालेका नेता विजय सुवेदीले भने ३९ हजार ५८१ मत ल्याएका थिए ।

त्यस्तै स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले भने १४ हजार ७२८ मत ल्याएका छन् ।

उपमेयरमा सत्ता गठबन्धनबाट उपमेयर उम्मेदवार नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । उनले ५२ हजार ८०३ मत ल्याएका छन् ।

प्रतिक्रिया