आजबाट संसदमा नीति तथा कार्यक्रममा छलफल हुने

काठमाडौं । आजबाट संसदमा नीति तथा कार्यक्रममा छलफल हुँदै छ । बिहान ११ बजे संसद भवन नयाँ वानेश्वरमामा संघीय संसदको प्रतिनिधि सभाको बैठक बस्दै छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आर्थिक वर्ष २०७९र०८०को नीति तथा कार्यक्रम संसदमा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले संशोधन प्रस्तुत् गर्ने र उक्त संशोधनमाथि छलफल सुरु हुने संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया