पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन, हेलिकोप्टरबाट खोजी कार्य जारी

काठमाडौ । गण्डकी प्रदेशको राजधानी पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरलाइन्सको विमान सम्पर्कविहीन भएको छ ।

पोखरा विमानस्थलबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको जहाज सम्पर्कविहीन भएको पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले जानकारी दिएको छ । विमानमा १९ यात्रु र चालक दलका तीन सदस्य रहेको जनाइएको छ ।

सम्पर्कविहिन भएकै समयमा आकाशमा विष्फोटको आवाज सुनिएको र धुँवासमेत देखिएको जोमसोङका एक स्थानीहरुले बताईरहेका छन् ।

स्थानीयको सूचनालाई आधार मानेर अहिले हेलिकोप्टरबाट दुर्घटनामा परेको विमानको खोजी भइरहेको पोखरा विमानस्थलका गौतमले जनाएका छन ।

प्रतिक्रिया
नागरिक मिरर