सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा

काठमाडौं । आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा रहेको भेटिएको छ ।

नेपाली सेनाका अनुसार स्थानीयले हिमालको फेदमा पहिरो गइरहेको ठाउँ मुनि जहाज दुर्घटना भएको भनी खबर गरेका थिए ।

त्यसै अनुरुप नेपाली सेनाको हवाइ फौज अहिले मानापाथी हिमालको फेदीमा जाँदै छ । अहिले नेपाली सेनाको हवाइ फौज कोभाङ भन्ने स्थानमा छ ।

आज विहान पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको विमान म्याग्दीको घोडेपानी क्षेत्रबाट १०स्०७ पछि सम्पर्कविहीन भएको थियो ।

प्रतिक्रिया