कृषि क्षेत्रमा ५५ अर्व ९७ करोड विनियोजन

काठमाडौं । सरकारले कृषि क्षेत्रमा ५५ अर्व ९७ करोड विनियोजन गरेको छ ।

अर्थमन्त्री जर्नादन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै कृषि क्षेत्रमा ५५ अर्व ९७ करोड विनियोजन गरेको बताएका हुन् ।

उनले कृषि विमा विस्तार गर्ने , कृषि संकलन केन्द्र निर्माण गर्ने तथा कृषि एम्वुलेन्सको व्यवस्थापन गर्ने पनि जानकारी दिए ।

यस्तै, प्रधानमन्त्री कृषि आधुनिकीरणका लागि पाँच अर्व ९० करोड रुपैयाँ विनियोजन गरिएको पनि जानकारी दिए ।

प्रतिक्रिया