बेपत्ता जहाज भेटिएन,आइतबारको खोज स्थगित

काठमाडौं । आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान खोज्न परिचालित हेलिकप्टर पोखरा र जोमसोम फर्किएको छ ।

खराब मौसमका कारण खोज तथा उद्धारमा परिचालित हुन नसकेपछि हेलिकोप्टर फर्किएको हो ।

मुस्ताङको मानापाथी हिमालको फेदीमा जहाज भेटिएको स्थानीयले बताएको भन्दै नेपाली सेनाको ६५ जनाको टोली पैदलै त्यसतर्फ प्रस्थान गरेको थियो ।
तर टोली त्यहाँ पुग्न सकेको छैन ।

कतिबेला पुग्छ भन्ने भन्न नसकिने नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए । उनका अनुसार खराब मौसमका कारण जोमसोम पुगेका हेलिकोप्टर अघि बढ्न सकेको छैन ।

आज उड्न नसक्ने अवस्था आएमा अब बिहानैबाट मात्रै हेलिकोप्टर उड्ने सेनाले जनाएको छ ।

प्रतिक्रिया