नायिकामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका बौद्ध भिक्षु लामा रिहा

काठमाडौं । अभिनेत्री मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका बौद्ध भिक्षु फुर्वा लामा रिहा भएका छन्।
लामालाई आज तीन हजार धरौटीमा रिहा गरेको काठमाडौं प्रशासनले बताएको छ ।
मिरुनाले आइतबार सुन्धारास्थित सिभिल मलमा आफूमाथि ‘ब्याड टच’ गरेको आरोप लगाएकी थिइन् । उनको मौखिक उजुरीपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
उक्त घटनापछि उनको रिहाइ र मिरुनाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गर्दै विरोध प्रदर्शन भइरहेको छ।
प्रतिक्रिया