मनसुन सुरु हुन थालेसँगै मेलम्ची खानेपानीको मुहानका ढोका बन्द

काठमाडौं । मनसुन सुरु हुन थालेपछि मेलम्ची खानेपानी आयोजनाको मुहानका ढोका बन्द गरिएका छन् ।

वर्षायाममा बाढीपहिरो आउन सक्ने र मुहानलगायत सुरुङमा क्षति पुग्ने भएकाले पानी पथान्तरण बन्द गरी सुरुङका ढोका बन्द गरिएको हो ।

मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजन इन्जिनियर पदमबहादुर कुँवरले मङ् गलबारदेखि पानी पथान्तरण रोकी सुरुङमा पानी पठाउने एक, नौ र १० नम्बरका ढोका बन्द गरिएको जानकारी दिए ।

उनले बुधबार ३८ नम्बरको ढोकासमेत बन्द गरिने बताउँदै वर्षायाम सकिएसँगै आगामी कात्तिकदेखि पानी पुनः सुन्दरीजल पठाइने जानकारी दिए।

प्रतिक्रिया