आज अर्थमन्त्री शर्माले बजेटमा उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । आज अर्थमन्त्री जनार्दन शर्माले बजेटमा उठेका प्रश्नको जवाफ दिँदै छन् । आज बस्ने प्रतिनिधि सभाको बैठकमा शर्माले बजेटमा उठेका प्रश्नको जवाफ दिन लागेका हुन् ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतबार पेश गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

मंगलबारबाट बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको थियो । उक्त छलफलमा सांसदहरुले बजेटमाथि आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया