यौन हिंसासम्बन्धी कसुरको हदम्याद प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘यौन हिंसाविरुद्धको केही ऐन संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले “यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावमाथि सदनमा सामान्य छलफल भई सांसदहरूले उठाएका प्रश्नको कानुनमन्त्री कोइरालाले जवाफ समेत दिए ।

जवाफका क्रममा उनले यौन हिंसासम्बन्धीका कसुरको हदम्यादका सम्बन्धमा सांसदहरूले उठाएका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराएका थिए ।

प्रतिक्रिया