सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नदिने

काठमाडौं । सरकारले असार १ गतेदेखि सडक खन्न नदिने भएको छ ।

सडक विभाग संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले वर्षायाममा सडक खन्ने स्वीकृति नदिइने स्पष्ट पारेको हो ।

“वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जान्छ,” सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले भनेको छ ।

कसैले जबर्जस्ती सडक खनेको पाइए सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने कार्यालयले भनेको छ ।

प्रतिक्रिया