सिसडोलमा फोहोरको लिच्चडले पानी प्रदूषित भएको पुष्टि

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले नुवाकोटस्थित सिसडोलको अध्ययन गरेको छ । नास्टले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन भइरहेको नुवाकोटस्थित सिसडोलको अध्ययन गरेको हो ।

अध्ययनमा सिसडोल ल्यान्डफिल साइट वरपरको पानी पनि प्रदूषित भएको पाइएको छ । नास्टका डा रविन्द्र ढकाल, डा टिस्टा प्रसाई जोशी, डा सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठसहितको विज्ञ टोलीले गरेको अध्ययनमा फोहोरको लिच्चडका कारण पानीसमेत प्रदूषित भएको पाइएको हो ।

टोलीले लिच्चड मिसिएर भएको प्रदूषणको अध्ययन लिच्चड मिसिनुभन्दा अगाडि, लिच्चड मिसिएको स्थान र लिच्चड मिसिने स्थान भन्दा ९२० मिटर पर गरेर ३ फरकफरक विन्दुबाट पानीको नमुना संकलन गरेर अध्ययन गरेको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका अनुसार सिसडोलबाट संकलित तीन वटा नमुनाको तुलनात्मक अध्ययन गर्दा पानीमा प्रशस्त मात्रामा लिच्चड मिसिएको देखिएको हो ।

प्रतिक्रिया