वर्षासँगै खसेको पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौं । वर्षासँगै खसेको पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना–६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेका कारण गए रातिदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग संचालन गराउने प्रयास भइरहेको अधिकारीले बताए । पहिरोकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको छ ।
इच्छाकामना–४ स्थित नाग्दिखोलामा गएराति पहिरो खसेका कारण सडक दुईतर्फी अवरुद्ध भएको प्रवक्ता अधिकारीले जानकारी दिए ।
रासस
प्रतिक्रिया