अस्पताल भर्ना भएका प्रशिक्षक अब्दुल्लाहको अवस्था सामान्य

काठमाडौं । अचेत भएर मैदानमा ढलेका नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीको अवस्था सामान्य देखिएको छ ।

नेपाल र कुवेतबीच कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा भएको खेलको दोस्रो हाफमा टेक्निकल एरियामा उभिएका प्रशिक्षक अल्मुताइरी सोही स्थानमा लड्न पुगेका थिए ।

कुवेतविरुद्धको खेलमा दोस्रो हाफमा अल्मुताइरी टच लाइनमै ढलेका थिए । मैदानमै ढलेपछि अल्मुताइरीलाई प्राथमिक उपचारपछि अस्पताल लगिएको हो । उनलाई मैदानमै अक्सिजन दिइएको थियो ।

हाल उनको अवस्था सामान्य रहेको र एक दिन अस्पताल राखेर सामान्य चेकजाचपछि होटल फर्काइने बताइएको छ ।

प्रतिक्रिया