यी नदीमा आउनसक्छ आकस्मिक बहाव

काठमाडौं । केही नदी तथा खोलामा आज बहाव बढ्ने भएको छ । पानी परिरहेकाले बहाव बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

संखुवासभा, सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोट, म्याग्दी, पर्वत र आसपास भएर बहने केही स–साना नदीमा बहाव बढ्ने भएको छ ।

केही नदीमा आकस्मिक वहाबसमेत हुन सक्ने भएकाले उक्त जिल्ला भएर बहने स–साना नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया