एसईईको नतिजा असार मसान्तमा निकाल्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार मसान्तमा प्रकाशन गर्ने तयारी गरेको छ । बोर्डका अनुसार परीक्षाको उत्तरपुस्तिका जाँच्ने काम सकिएको छ ।

कार्यालयले असार २० सम्ममा प्राप्तांक इन्ट्री गर्ने, २१ र २२ मा मिस म्याच गर्ने र २३ देखि २९ गतेसम्म टेबुलेसन गर्ने र ३२ मा नतिजा सार्वजनिक गर्ने गरी कार्ययोजना बनाएर काम भइरहेको जनाएको छ ।

यसअघिका दुई वर्ष कोरोनाका कारण आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि दुई वर्षपछि बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

परीक्षामा पाँच लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया