सिसिटिभी क्यामेराको अगाडीबाट मोटरसाईकल चोरी, चार दिन बितिसक्दा पनि प्रहरीले चोर पत्ता लगाउन सकेन

जनकपुरधाम । जनकपुरमा सिसिटिभी क्यामेराको अगाडीबाट मोटरसाईकल चोरी भएको छ । जनकपुरस्थित रामजानकी हस्पिटलको परिसरबाट सिसिटिभी क्यामेराको अगाडीबाट बजाजको पल्सर २२० सिसिको मोटरसाईकल चोरी भएको छ । अस्पताल परिसरबाट गत बिहिबार साढे ७ बजेको समयमा प्रदेश–२–०२–००२–प८३९५ नम्बरको मोटरसाईल चोरी भएको हो ।

चोरी भएको मोटरसाईकल २ जना व्यक्ति अस्पतालको मुख्यद्धार बाटै आएर गाडीको ह्याण्डलको लक तोडेर गाडी चोरेर लगेको सिसिटिभीमा देखिएको छ । सिसिटिभीमा मोटरसाईकल चोर प्रस्ट देखिएपनि प्रहरीले चोर पत्ता लगाउन सकेको छैन् । यसरी सिसिटिभीको अगाडीबाट चोरी भएको मोटरसाईल ४ दिन बितिसक्दा पनि प्रहरीले मोटरसाईकल चोरलाई पत्ता लगाउन नसक्दा प्रहरी माथिको विश्वास घटिरहेको छ ।

यसरी जनकपुरमा दैनिकी कयौं मोटरसाईकल चोरी हुँदा यो विषय प्रहरीको चासोको विषय बन्न सकेको छैन् ।

यता हराएको उक्त मोटरसाईकलसहित चोरको खोजविन भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
नागरिक मिरर