यी २० जिल्लामा हुँदैछ ठुलो वर्षा,सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभरका अधिकांश क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाले निरन्तरको ठुलो वर्षाका कारण हुनसक्ने सम्भावित जोखिम कम गर्नका लागि विशेष सतर्कता अपाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार पछिल्लो समय कास्की, स्याङजा, पाल्पा, कपिलबस्तु, रूपन्देही, अर्घाखाँची, नवलपरासी, प्युठान, दाङ, बाँके, कैलाली कञ्चनपुर, रुकुम, जाजरकोट, सुर्खेत, बारा, रौतहट, महोत्तरी, सर्लाही, काठमाडौं र आसपास धेरै स्थानमा ठुलो वर्षा भएको छ ।

तटीय क्षेत्रका नागरीकलाई उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

प्रतिक्रिया