जसपाद्वारा तीन मन्त्री फिर्ता, यीनलाई दिइँदैछ ती मन्त्रालयको जिम्मा

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सरकारमा रहेका आफ्ना तीनजना मन्त्रीलाई फिर्ता बोलाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी तीन मन्त्रीलाई फिर्ता बोलाएर म्रिगेन्द सिंह यादव, प्रदिप यादव र मोहम्मद इस्तियाक राईलाई सरकारमा पठाउन लागिएको हो ।

जसपाले कृषि तथा पशुपन्छी मन्त्री महिन्द्र राय यादवलाई हटाएर मृगेन्द्र सिंह यादवलाई उक्त मन्त्रालयको जिम्मेवारी दिने भएको छ ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई हटाएर इस्तियाक अहमद र वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवलाई हटाएर प्रदीप यादवलाई मन्त्री बनाउने निर्णय गरेको छ ।

नव नियुक्त मन्त्रीहरूको शपथ ग्रहण भोलि (सोमवार) हुने पार्टी स्रोतले जनाएको छ ।

सरकारमा रहेका आफ्ना मन्त्री फिर्ता बोलाउने बारेको पत्र प्रधानमन्त्री कार्यालयमा पठाइसकिएको पार्टी स्रोतले नागरिक मिररलाई बताएको छ ।

प्रतिक्रिया
नागरिक मिरर