पहिरो जान लागेको कसरी थाहाँ पाउने ?

काठमाडौं । मनसुन सुरु भएपछि बाढी तथा पहिरो जानेक्रम पनि सुरु भएको छ । वर्षेनी पहिरोका कारण सयौं मानिसको ज्यान जाने गरेको छ भने ठूलो परिमाणमा भौतिक क्षति हुने गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थानीयस्तरमै पहिरोको जोखिम कम गर्न सकिने र सचेत भए यसबाट बच्न सकिने जनाएको छ ।

प्राधिकरणका अनुसार प्रायः सुख्खा रहेको भिरालो जमिन पानी नपर्दै रसाउँछ र भुक्क फुल्छ। जमीनमा चिरा परेको देखिनु, धाँजा फाट्नु र यो क्रम बढ्दै जानु, रुख, बिजुलिका खम्बा तथा घरहरू ढल्नु वा बाङ्गो देखिनु पहिरोका पूर्व संकेत हुन् । त्यस्तै जरुवा पानीको मुल सुक्नु तथा अस्वाभाविक रुपमा धमिलो हुनु अथवा नयाँ ठाउँबाट पानी पलाउन सुरु भएमा पनि पहिरो जान सक्छ ।

त्यस्तै घरका भित्तामा चिरा देखिनु र यो बढ्दै जानु पनि पहिरोको संकेत हो। घरका झ्याल–ढोका बांगिनु र खोल्न गाह्रो हुनु पनि पहिरोको संकेत भएको प्राधिकरणले जनाएको छ।

भिरालो जमिनको बाहिरी सतह बग्न थाल्नु र ढुङ्गा माटो खसेको जस्तो आवाजु आउनु पहिरोको पूर्व संकेत भएको प्राधिकरणले जनाएको छ। जमिनमुनीबाट चट्याङ फुटेको जस्तो कट्कट् आवाज आउनु र जमिन थर्केको जस्तो आवाज आउनु पहिरो जाने संकेत हो।

प्रतिक्रिया