ग्लोबल आइएमई लघुवित्तले बाडे् किट्नाशक झुल


जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं.९ मा ग्लोबल आइएमई लघुवित्त बित्तीय संस्थाले किट्नाशक झुल वितरण गरेका छन् ।

नगरपालिकास्थित ईच्छापुरमा रहेको उक्त संस्थाको सदस्यहरुलाई किट्नाशन झुल वितरण गरिएको हो । संस्थाले ५० जना सदस्यलाई झुल वितरण गरेका हुन् ।

संस्थाले विगतमा सिपमुलक तालिम, वित्तीय साक्षरता तालिम, सरसफाई कार्यक्रम, दैविक प्रकोप पिडितलाई सहयोग लगायतका अन्य विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको छ ।

७ प्रदेश ५४ वटा जिल्लाको ११९ वटा शाखाबाट वित्तीय क्षेत्रमा सेवा दिँदै आएको संस्थाले १ लाख ४५ हजार भन्दा बढी सदस्यहरुलाई ८ अर्ब करोड लाखभन्दा बढी कर्जा प्रबाह गरेका छन् । साथै उक्त संस्थाले संस्थाका सदस्यहरुलाई आकर्षक ब्याजदर प्रदान गर्दै २ अर्ब ८० करोड रुपैया संकलन गरेको ग्लोबल आईएमई वित्तीय संस्थाका प्रदेश प्रमुख कृष्ण प्रसाद ढुंगानाले बताए ।

झुल वितरण कार्यक्रममा धनुषा महेन्द्रनगर शाखाका शाखा प्रमुख नितेश कुमार साह तथा कर्मचारीहरु रन्जित कुमार सिंह र रंजन कुमार झाको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
नागरिक मिरर