विराटनगरमा एक वर्षीया बालिका अपहरण

मोरङ । मोरङको विराटनगर नगरपालिकाकी एक वर्षीया बालिका अपहरणमा परेकी छन्। सोमबार बिहान ८ बजे विराटनगर- १३ रोडशेषकी ममता यादवकी छोरी अपरहणमा परेकी हुन्।

यादवका अनुसार विराटनगर रोडशेषबाटै उनी अपहरणमा परेकी हुन्। ‘विराटनगरबाट मेरी छोरी अपहरणमा परेकी हुन्,’ उनले भनिन्, ‘अपहरण गर्ने महिलाको मोबाइल लोकेसन दुहबी देखाइरहेको छ।’

यता, मोरङ प्रहरी प्रवक्ता डिएसपी राजन कार्कीले बालिकाको खोजी कार्य जारी रहेको बताए। ‘रोडशेषबाट बिहान साढे नौ बजेतिर बच्चा हराएको जानकारी आएको छ,’ उनले भने, ‘हामीले खोजी गरिरहेका छौं।’

प्रतिक्रिया
नागरिक मिरर