डा. स्वर्णिम वाग्लेले भेटे भारतीय प्रधानमन्त्री मोदीलाई
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका छन्।
केही अन्तर्राष्ट्रिय अर्थशास्त्रीलाई भेट्ने क्रममा मोदीले वाग्लेलाई नयाँ दिल्लीमा दश दिनअघि भेटेका हुन्। ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमै आएर भन्नुभएको थियोः Highways, Infoways / Transways (HIT) अर्थात् पूर्वाधार, डिजिटल अर्थतन्त्र र ऊर्जा प्रशारणबाट द्रूत विकास गर्ने पहलमा भारतको साथ हुनेछ।’
‘१० दिनअघि दिल्लीमा केही अन्तर्राष्ट्रिय अर्थशास्त्रीहरूलाई भेट्ने क्रममा मैले यो प्रसङ्ग उठाउँदा मोदीजी मुस्कुराउनुभयो’ वाग्लेले मंगलबार फेसबुकमा तस्विरसहित लेखेका छन्।
पृष्ठभूमिमा भारतीय अर्थमन्त्री निर्मला सीतारमण तथा अन्य अन्तर्राष्ट्रिय अर्थशास्त्री पनि देखिन्छन्।
वाग्ले सत्तारुढ नेपाली कांग्रेसनिकट अर्थशास्त्री हुन्। उनी हाल विश्व बैंकका वरिष्ठ अर्थशास्त्रीका रुपमा कार्यरत छन् ।