‘सेभ त्रिचन्द्र’ को उपलब्धि : पुनर्निर्माणका लागि ४८ करोड २० लाख

त्रिचन्द्र क्याम्पसको जिर्णोद्धारको लागि सरकारले बजेट छुट्याएको छ । घण्टा घरसंगै रहेको भवनको जिर्णोद्धारको लागि शहरी विकास मन्त्रालयबाट शहरी विकास तथा भवन निर्माण विभागले प्राप्त गरेको पत्रमा कार्य अगाडि बढाउन बताईएको हो ।

२०७२ को भूकम्प पछि धारासायी भएको त्रिचन्द्र कलेजको भवन पुनर्निर्माण हुने निश्चित देखिन्छ ।

उक्त भवन जिर्ण भएकोले क्याम्पस प्रशासन र विद्यार्थीले कक्षाकोठाको व्यवस्थापनमा चुनौती भोग्नु परेको नेविसंघका नेता गोविन्द कोइरालाले बताए । उनले भने, ‘ कक्षाकोठाको अभावसंगै जिर्ण रहेको भवनको लागि विद्यार्थीको सहभागितामा आवाज उठाएका थियौं। बल्ल पुनर्निर्माण हुने आशा जागेको छ ।’

यस अघिनै पुनर्निर्माणको लागि नेविसंघ त्रि-चन्द्रको पहलमा बर्षदिन देखि ‘सेभ त्रि-चन्द्र’ अभियान सञ्चालन भएको थियो ।

अभियानको लामो संघर्षपछि भवन निर्माण हुने सुनिश्चितता देख्दा अभियान कर्तामा आशा जागेको छ ।

सरकारले पठाएको पत्रमा ४८ करोड २० लाख ६१ हजार ६ सय २९ रुपैयाँ छुट्याइएको छ। जसमा अर्थ मन्त्रालयबाट पनि स्विकृत भएको पत्रलाई खरिद प्रक्रिया अगाडि बढाउन उल्लेख रहेको छ ।

प्रतिक्रिया
नागरिक मिरर