११ बुँदे घोषण पत्र सहित चौथो राष्ट्रिय युवा सम्मेलन २०२२ सम्पन्न

काठमाडौँ । २३ औं अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा ११ बुँदे घोषणापत्र जारी गर्दै युथ एड्भोकेसी नेपालले नाफान, एक्सन एड नेपाल, आईएम स्विडिस डिभेलपमेन्ट पार्टनर ,ग्लोवल पिस फाउन्डेसन लागायतका संघ संस्थाको सहकार्यमा काठमाडाँैमा दुई दिने चौथो राष्ट्रिय युवा सम्मेलन आयोजना गरेको छ ।
सम्मेलनमा राष्ट्रिय युवा परिषदको उपाध्यक्ष सुरेन्द्र बस्नेत, मानव अधिकार अयोगकी मा. सदस्य लिली थापा, गैर सरकारी संस्था महासंघका अध्यक्ष राम प्रसाद सुवेदी, राष्ट्रिय युवा तथा साना व्यवसायी कोषका उप सचिव लोक वहादुर खड्का, भोला भट्टराई, डा उद्दव प्याकुरेल, डा तारालाल श्रेष्ठ, उज्जवल प्रसाई, कर्मा तामाङ्ग लगायतले आफ्नो मन्तव्य राखेका थिए ।
राज्यको प्रत्येक तह र तप्कामा युवाको जनसंख्याको आधारमा अर्थपुर्ण राजनीतिक प्रतिनिधित्व गराउन आफ्नो घोषणा पत्रमा उल्लेख गरेको हो । सम्मेलनमा कमलरी सँग भएको सम्झौताको अक्षरस कार्यन्वयन, बाल विवाहको अन्त्य, युवामा कुल बजेटको १० प्रतिषत लगानी लगायतको अवसर सुनिश्चित गर्न समेत आह्वान गरिएको छ ।
१०० जना भन्दा वढी युवाहरुको सहभागितमा सम्पन्न भएको सम्मलेनले देशमा रहेको सवै अल्पसंख्यक तथा सिमान्तकृत युवाको सवालमा निरन्तर पैरवी तथा वकालत गरिराख्ने युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले वताए । उनले भने, ‘सरकार लगायत सरोकार पक्षलाई थप उत्तरदायि बनाउन घोषणा पत्रको अक्षरस कार्यान्वयन गरिने विस्वास बोकेको छु ।’ घोषणापत्र अनुरुप कार्य अघि नबढे यवाको खबरदारि कायम रहने समेत उल्लेख गरेका छन् ।
घोषण-पत्रको पुर्ण पाठ
२३ औं अन्तर्राष्ट्रिय युवा दिवस २०२२ का सन्दर्भमा युथ एड्भोकेसी नेपालले विभिन्न संघ संस्थाको सहकार्यमा अगष्ट ११ र १२,२०२२ काठमाण्डौमा १०० भन्दा बढी युवाको सहभागितामा आयोजना भएको राष्ट्रिय युवा सम्मेलनका सन्दर्भमा भएका छलफलका निश्कर्षका आधारमा सरोकार निकायवालाको ध्यानकार्षण गराउने उदेश्यले तपसिल बमोजिमका घोषणा गर्दछ ।
१. सिमान्त तथा अल्पसंख्यक (दलित, जनजाती, आदीवासी, मधेसी,महिला, मुस्लिम, अपाङ्गता भएको व्यक्ति, गरिव तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक) युवाका सबालहरुलाई सम्बोधन गर्न विषेस निति तथा कार्यक्रमको तर्जुमा गर ।
२. राज्यले मुक्त कमलरीसँग गरेको सम्झौतालाई अक्षरशः कार्यन्वयन गर ।
३. युवाको जनसंख्याको आधारामा राज्यको हरेक तह र तप्का अर्थपुर्ण राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर ।
४. युवा विकासका लागि कुल बजेटको कम्तिमा १० प्रतिषत युवामा लगानी गर ।
५. राष्ट्रिय युवा परिषदको ऐनलाई नेपालको संविधानले निर्देश गरे अनुसार संघिय संरचनानुसार संसोधन गर ।
६. युवा तथा साना व्यवसायी रोजगार कोषले युवालाई गरेको परिभाषा (१८ देखी ६० बर्ष) राष्ट्रिय युवा परिषद ऐन तथा युवा नीति अनुसार संसोधन गर ।
७. युवाको वर्तमान सबाल, चासो र संविधानको भावना अनुसार राष्ट्रिय युवा नीति २०७२ संसोधन गर ।
८. गुणस्तरिय तथा व्यवसायिक शिक्षाको सुनिश्चिता गर्दै आम युवाको रोजगार तथा स्वरोजगारमा पहुँच सुनिश्चित गर ।
९. महिला युवाले भोगिरहेको यौन हिंसा तथा दुव्र्यवहार अन्त्यका लागि विशेष नीति तथा कार्यक्रमको तर्जुमा गर ।
१०. बाल विवाह अन्त्यको लागि निर्माण भएको कानुनको प्रभावकारी कार्यन्यवन गर ।
११. शक्ति सम्बन्ध तथा स्रोत साधनको असमान वितरणले समाजमा श्रृजना भएको संरचना, मुल्य, मान्यता तथा संस्कृतीको अन्त्यको लागि सार्वजानिक वहसको बातावरण श्रृजना गर ।









