कक्षा १२ को परीक्षाफल प्रकाशित

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ। बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो ।

नन ग्रेडिङ प्रणाली अनुसार नतिजा सार्वजनिक गरिएको बोर्डले जनाएको छ। यस पटक पास हुन प्रयोगात्मकमा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशतभन्दा बढी अंक ल्याउनुपर्नेछ। त्योभन्दा कम ल्याउनेले पुनः परीक्षा दिनुपर्नेछ। एनजी उल्लेख हुनेले उच्च शिक्षामा भर्ना पाउँदैन।
दुई विषयमा मात्रै एनजी भए ग्रेडवृद्धि परीक्षा दिन पाइन्छ। ४ लाख १० हजार ५० जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो। परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट परीक्षाफल हेर्न सकिनेछ।

प्रतिक्रिया