तिमी नारी

ईश्वरको नविनतम श्रृष्टि
जगत कि तिमी जननी
तिमी कसैकी प्रिया
अनि कसैकी प्यारी
तिमीसँग छ छायाँ
तिमीसँगै छ छहारी
तिमी खुशी नयाँ परिचय, पहिचानमा पनि
तिमी बाबुकी छोरी प्यारी
तिमी सुन्दर, तिमी सुशील, तिमी नारी !

तिमी कहिल्यै शितलको नम झैँ
तिमी कठोर, कहिल्यै भानु सरी
तिमी कहिल्यै शान्त नदी झैँ
तिमी कहिल्यै नथामिने झरी
तिमी कहिल्यै कविको गद्दमा र पद्दमा
तिमीमा भाव, करुणा तिमीमा
तिमी हौ शक्ति आफ्नो प्रियको
तिमीमा छ भक्ति दिव्यको गजबको
तिमी ममतामयी आमा, न्यानो काख तिम्रो
तिमी सौन्दर्यताकी रानी, तिमी नारी

तिमी सहनशील धैर्यशाली जानकी
तिमी पार्वती, शिवकी अर्धाङ्गिनी
तिमी अप्सराहरूमा उर्वशी
गीतहरूमा तिमी रागिनी
तिमी कहिल्यै सिता दिन्छौ, रामको अग्निपरीक्षा पनि
तिमी बहुमुल्य मणि माणिक्यभन्दा पनि बढी
तिमी दया करुणाले सु–सज्जित
प्रेम स्नेहको श्रृङ्गार पहिरी
दर्साउँछौ अस्तित्व आफ्नो, तिमी नारी !

तिमी कहिल्यै झरी वर्षा घनघोर
कहिले आँधी डर लाग्दो पनि
तिमी कहिल्यै समुन्द्र शान्त
तिमी कहिले चञ्चल उड्ने पवन सरी
तिमीमा हिम्मत कहिले चट्टान जस्तो
पग्लिदिन्छौ कहिल्यै ममतामा तिमी
तिम्रो मन कोमल कस्तो
तिमी तपस्वीहरूको पवित्र साधना
भक्तहरूको आरधना अर्चना
तिमी लक्ष्मी, तिमी सरस्वती, तिमी दुर्गा, तिमी काली !

यसरी नै जीवनको सङ्घारमा
उकाली र ओरालीहरूमा
अघि बढ्दैबढ्दै जाऊ तिमी नारी
पाउहरू नारोकिउन कहिल्यै
सम्मानका ताज पहिरिरहुन तिम्रा सिरले
आफ्नो पथ की असल सङ्गिनी बन तिमी नारी
कसैकी प्रेरणा, कसैका शक्ति बन तिमी नारी
आफ्नो बाबुकी तिमी प्यारी
करुणा की खानी कसैकी दिदि, कसैकी बहिनि
तिम्रो यश फैलियोस यो सारा श्रृष्टिभरि
ऐश्वर्य तिम्रो चम्किरहोस सँधैसँधै भरी
आफ्ना आँशुहरूलाई छिपाई
सङ्घर्ष गर्न सँधै आतुर, तिमी नारी !

मनोज साह

प्रतिक्रिया