जनकपुरधाममा तिजको रौनक

जनकपुरधाम भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तिज आज महादेवको पूजा आराधना गरी मनाइँदैछ ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । तिजको अवसरमा जनकपुरको शिव चौकमा रहेको शिवमन्दिर,कुवामा रहेको कुपेश्वरनाथ महादेव मन्दिर,क्षीरेश्वरनाथ महादेव मन्दिरमा श्रद्धालुको भिड लागेको छ ।

महादेव मन्दिरमा पुजापाठ गर्ने श्रद्धालुको विहानै देखि घुइँचो लागेको छ । जनकपुरको प्रसिद्ध तलाउमा स्नान गरेर पूजापाठ गर्नेको संख्या विहानैदेखि देखिएको छ ।

प्रतिक्रिया
नागरिक मिरर