स्वाथ्यको ख्याल गरेर तिज मनाउन उपराष्ट्रपति पुनको आग्रह

काठमाडौं उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले हरितालिका तिजको शुभकामना व्यक्त गरेका छन् ।

आज विशेषगरी हिन्दु महिलासहित अधिकांश नेपाली महिलाले परम्परागत मूल्य मान्यतासहित नाचगान गरेर तिज मनाउँदै छन् । ‘पानीसमेत नपिएर मनाउने परम्पराले तिजमा धेरै दिदीबहिनीको स्वास्थ्यमा असर गरेको तथ्यलाई हृदयङ्गम गर्दैै आफ्नो स्वाथ्यको पूर्ण ख्याल गरी तिज मान्न म दिदीबहिनीहरूलाई आग्रह गर्दछु,’ उपराष्ट्रपति पुनले शुभकामना सन्देशमा भनेका छन् ।

साथै विश्वव्यापी महामारी कोरोना भाइरसको असर कायमै रहेकोले सरकारबाट जारी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी तीज मनाउन पनि उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया
नागरिक मिरर