स्वतन्त्र कलाकार कृष्णाले पाए ‘कैँची’ चुनाव चिह्न, भन्छन् : यही कैँचीले भष्ट्राचारको जालो काट्छु

जनकपुरधाम । धनुषा ४ मा स्वतन्त्र उम्मेदवारी दिएका कलाकार कृष्णा कुमार महतोले ‘कैँची’ चुनाव चिह्न पाएका छन् ।
वर्तमान देशको अवस्थालाई हेरेर विभिन्न समस्याहरूलाई नाटकिय रुपमा रुपान्तरण गरी पस्किदै आएका महतोले छोटो समयमै कलाकारिताको क्षेत्रमा ठूलै चर्चा बटुलेका उनले धनुषा क्षेत्र नं . ४ को विकास र परिवर्तनकै लागि स्वतन्त्र उम्मेदवारी दिँदै चुनावमा होमिएका छन् ।
निर्वाचन कार्यालयले बुधवार महतोलाई कैँची चुनाव चिह्न दिएको हो ।
कैँची चुनाव चिह्न पाएपछि हर्षित हुँदै महतोले भने, ‘चाहे जस्तै चुनाव चिह्न पाएको छु । भष्ट्रचार, अपराधी र तिनका संरक्षकको जालो काट्न कैँची छापमा मतदान गरौं यही मेरो चुनावी नारा हुनेछ ।’
पुराना राजनीतिको खराब जालो, अपराधिक जालो, राजनीतिमा भएको परिवारवादको जालो, पार्टीगत विकासको जालो, भ्रष्ट्राचारको जालो, ठेकेदारी राजनीतिको जालो, असुरक्षाको जालो सबै जालो यस पटक यही कैंचीले काट्ने महतोको भनाइ छ ।
प्रतिनिधि सभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी म आफ्नो ईच्छाले होईन हजारौं युवाहरूको भावना बोकेर दिएको छु महतोले बताए ।
उनले भने, ‘युवादेखि सम्पूर्ण जनमानसबाट बहुत राम्रो प्रतिकृया आईरहेको छ । मुलुकमा कानून भएपनि मानिस सुरक्षाको अनुभुति गर्न पाईरहेको छैन् । यो जालोहरू अब युवाहरूले तोड्नुपर्छ । सबै युवा उठ्नु पर्छ । समयमै उठेन भने परिवर्तन हुँदैन । स्थिती जस्ताको त्यस्तै रहन्छ त्यसैले मैले स्वतन्त्र उम्मेदवारी दिएको छु ।’
‘बुधवार उम्मेदवारी फिर्ता लिने समय थियो बिहानैदेखि कयौं धम्की आयो फिर्ता लेउ तर म माथि भएको हजारौं युवाहरुको विश्वासलाई हिम्मतमा परिनत गर्दै ती धम्कीको सामना गरिरहेको छु । मेरा प्रतिद्धन्द्धी धनुषा ४ बाटै प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका रघुवीर महाषेठका कार्यकर्ताहरूले त खुल्ला चुनौती दिएका छन् ।’ उनले थपे, ‘ फिर्ता लिने हो कि तिम्रो घर जाने बाटो यही हो सोचिहाल । यतिसम्म धम्की आएको छ ।’
‘नेताहरू जनतालाई एकलौटी सम्पत्ति सम्झिरहेका छन् । यो भ्रम तोड्नु छ । नेताहरू ठान्छन् म जहिले आउँछु जनताले मलाई भोट दिन्छ जित्छु यो भ्रम तोड्नु छ । अनि सानो तिनो धम्कीबाट डराउँनु त ? महतो भन्छन् ।
महतोले भने, ‘नेतालाई जिताउँछ जनताको विकासको लागि तर उनीहरूले आफ्नो विकास त गर्छन तर अहिलेसम्म जनतामा विकास हुन पाएको छैन् यसको जिम्मेवार को ? त्यसैले यसपालि मेरो स्वतन्त्र उम्मेदवारी हो ।’
स्वतन्त्र उम्मेदवार महतोले आफूले पाएको कैँची चुनाव चिह्नले अब फोहोरी राजनीतिको अन्त्य गर्दै राजनीतिमा फैलेको क्यान्सर पनि यही कैँचीले सफा गर्ने बताए ।
मेरो भावना मलाई सहयोग गर्नुहुने सबै मतदाताहरूको चाहना युवाहरूको चाहना बमोजिम नै छाप भेटेको यो कैँचीले अब सबै जालो काटेर अगाडी बढ्नुपर्ने कृष्णाको भनाइ छ ।






