छठका लागि जनकपुरमा मात्रै तीन करोडको भारतीय केरा

छठ पर्वका लागि केरा अत्यावश्यक मानिन्छ । केरा उब्जनीका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उब्जनीले माग धान्न सक्दैन । छठ पर्वमा सिङ्गै केराको घरी नै अघ्र्य रूपमा भगवान्लाई चढाउने परम्परा छ । स्वदेशी उब्जनी कम हुँदा हरेक वर्ष भारतको भर पर्नुपर्ने अवस्था रहेको जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विषेश्वर यादवले बताए । उनले भने, ‘छठका लागि जनकपुरधाममा मात्र रु तीन करोड बराबरको केरा आयात भएको छ ।’
अध्यक्ष यादवले अघिल्लो वर्ष झण्डै पौने रु दुई करोड बढीको केरा जनकपुर भित्र्याइएको तर यसवर्ष झण्डै ६० ट्रक रहेको उनले बताए । जनकपुरमा गोपाल र वंशीभोग केरा नेपालको सप्तरीस्थित भारदह, भन्टावारी तथा इनरुवाबाट भित्र्याइएको छ ।
यसरी केरा ल्याउँदा प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च रु छ लाख पर्छ । बजारमा प्रत्येक केराको घरीलाई रु पाँच सयदेखि एक हजारभन्दा बढी मूल्यमा बिक्री गरिएको छ ।नेपालको हरेक क्षेत्रमा परम्परागत रूपमा स्थानीय जातका केरा उत्पादन हुन्छ । केरा उत्पादनको लागि तराई मधेस वा समग्र नेपालको भूमि राम्रो मानिए पनि शिपमूलक खेती नगर्नाले उब्जनी कम रहेको छ ।
सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याले गर्दा कृषकले उब्जनी बढाउन नसकेको व्यवसायीको भनाइ छ । उता भारतबाट आउने केराको मूल्य सस्तो पर्छ । भारतले किसानको लागि सहुलियत र विभिन्न प्याकेज दिने भएकाले उताको लागत कम परेको बताइन्छ । जसले गर्दा व्यपारिले भारतीय केराकै व्यवसाय गर्न रुचाउँछन् । (रासस)






