उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ बिधिवत सम्पन्न

जनकपुरधाम । उदाउँदो सूर्यलाई अर्घ्य दिएर आजबाट छठ पर्व बिधिवत सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई गाईको दूध सहितको अर्घ्य दिएपछि पर्व सम्पन्न भएको हो ।

छठपूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ्य दिनका लागि गहुँ वा चामलको पिठोबाट बनेको ठेकुवा, भुसवा, किसानबाट उत्पादित अदुवा र बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, सुन्तला लगायतका फलफूल पनि चढाइएको छ । 

छठ पर्वको व्रत बसे दुःख र दरिद्रताबाट मुक्ति पाइने र सन्तान सुख प्राप्त हुने  धार्मिक जनविश्वास रहिआएको छ । विशेष नियम र निष्ठासाथ मनाइने छठ पर्वका लागि नदी, पोखरी, कुवा तथा जलाशयहरु सिंगारिएको थियो।

अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जिवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्ने महत्वपुर्ण पर्वको रुपमा छठलाई लिइन्छ । तराई मधेशको मुख्य पर्वहरुमध्ये मिथिला, थारु तथा भोजपुरीनी महिलाहरुको विशेष कठोरताको पर्वको रुपमा रहेको छ । 

प्रतिक्रिया
    ट्याग: