युथ एड्भोकेसी नेपालको नयाँ कार्यसमिति, अध्यक्षमा धामी

काठमाडौँ । युथ एड्भोकेसी नेपालको नयाँ कार्यसमिति चयन गरिएको छ । सोमबार काठमाडौँमा आयोजित ७ औँ साधारणसभा तथा चौँथो अधिवेशनबाट गणेश धामीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
त्यस्तै महासचिवमा विनय कार्की, कोषाध्यक्षमा गंगा कडेल र सदस्यहरुमा दिवाकर उप्रेती, सञ्जय पन्थी, लक्ष्मी चौधरी, सविता जोशी रहेका छन् ।
युथ एड्भोकेसी नेपाल अधिकारमूखी अवधारणाको अवलम्वन गर्दै लोकतन्त्र, शान्ति, मानवअधिकार, सामाजिक न्याय, दिगोविकास तथा युवा सशत्तिकरणको क्षेत्रमा कार्यरत रहेको छ । युवाको सवाल र सामाजिक मुद्दामा वकालत गर्दै आएको यानले नयाँ तथा उर्जावान नेतृत्व पाएको युथ एड्भोकेसी नेपालका निवर्तमान अध्यक्ष नरेन खतिवडाले बताए । उनले भने, ‘युवाको नेतृत्व विकासमा यान खुड्किलो हुनेछ ।’ खतिवडाको अनुसार नव युवाहरुले लोकतान्त्रीक प्रक्रिया अवलम्वन गरेकोमा खुसि समेत व्यक्त गरे ।






