समाजसेवामा खटिएका डा. महतो सिरहा ४ बाट निर्वाचित

सिरहा । सिरहा निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा डा. वीरेन्द्रप्रसाद महतो विजयी भएका छन् ।
लामो समयदेखि समाजसेवीको रुपमा काम गर्दै आएका डा. महतो यस पटक जनता समाजवादी पार्टीबाट सिरहा ४ मा विजयी भएका हुन् । उनले जनमत पार्टीका उम्मेदवार वीरेन्द्र प्रसाद साहलाई
७ हजार ८ सय ७ मतान्तरले पराजित गरेका हुन् ।
अन्तिम मतपरिणामअनुसार डा. महतोले २४ हजार एक सय दुई मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी जनमत पार्टीका साहले १६ हजार दुई सय ९४ मत प्राप्त गरे ।
उनी यसअघि पनि सिरहा–४ बाट निर्वाचित भई दोस्रो संविधानसभामा समानुपातिकतर्फबाट सभासद बनेका थिए ।
डा. महतोले सिरहाको विकासको लागि अस्पताल निर्माण, विद्यालय स्थापना,, गरिव तथा विपन्नलाई रोजगारी दिने लगायतका काम गर्दैै आएका छन् ।
निर्वाचन अघि नागरिक मिररसँगको विशेष संवादको रुपमा कुराकानी गर्दै उनले आफ्नो क्षेत्रमा रहेका गरिब तथा अतिविपन्न समुदायका नागरिकको वृत्ति विकासका लागि योजना ल्याउने र काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
हेर्नुहोस् निर्वाचनअघि नागरिक मिररसँग कुराकानी गर्दै डा. महतोले के भनेका थिए ? :






