यसरी सुरुङ्गा नगरपालिका बन्याे मधेस प्रदेशको पहिलो बालविवाह मुक्त नगरपालिका !

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकाले २०७९ मंसिर १४ गते बुधबार नगरपालिकालाई बालविवाहमुक्त घोषणा गरेको छ । सुरुङ्गा नगरपालिकाको ११ वडाहरू मध्य सन् २०१९ सालमा आठ वटा र सन् २०२२ मा तीनवटा वडालाई बालविवाहमुक्त घोषणा गरिएको थियो ।यो घोषणासँगै, सुरुङ्गा नगरपालिका मधेसको पहिलो बालविवाह मुक्त नगरपालिका घोषित हुने नगरपालिका भएकाे छ ।

सुरुङ्गाद्वारा नगरपालिकामा विवाहको उचित दस्तावेजीकरण, बाल संरक्षण समितिको स्थापना, बाल संरक्षण नीति, वडा तथा सामुदायिक स्तरमा नियमित सचेतनामूलक गतिविधि लगायत १४ सूचकहरूमा कार्य गरी बालविवाह मुक्त नगरपालिका घोषणा गरिएको सेभ द चिल्ड्रेनका सञ्चार प्रबन्धक संजना श्रेष्ठले बताइन् ।

सेभ द चिल्ड्रेन तथा साझेदार संस्थाले सन् २०१३ देखि समुन्नति (स्पोन्सरशिप) कार्यक्रममार्फत जिल्लासँग मिलेर बालबालिकालाई बालविवाह र त्यसका परिणामहरूबाट जोगाउनका लागि काम गर्दै आएको थियाे । नगरपालीकामा कार्य भइरहेकाे बारे सुनाउछिन्, सुरुङ्गा नगरपालिकाकी मेयर गीता चौधरी । उनले भनिन्, “सुरुङ्गा नगरपालिकाले सेभ द चिल्ड्रेन र साझेदार संस्था सबल नेपालसँगको समन्वय र सहकार्यमा मधेस प्रदेशको पहिलो बालविवाह मुक्त नगरपालिका घोषणा गरेकोमा हामी गर्व महसुस गर्दछाैँ ।”

त्यस्तै सुरुङ्गा नगरपालिकामा आफुले काम गर्ने हरेक बालबालिकाको लागि यो ऐतिहासिक क्षणको हिस्सा बन्न पाउँदा आफुहरु खुसी रहेकाे बताउछन्, सेभ द चिल्ड्रेन पूर्वान्चल फिल्ड कार्यालयका सह निर्देशक, डा. अजय कान्त ।
“सेभ द चिल्ड्रेनले यस प्रयासको निरन्तर अनुगमन गर्दै सुरुङ्गा नगरपालिकालाई बालविवाह मुक्त घोषणा पछिको रणनीति कार्यान्वयनका लागि प्राविधिक सहयोग उपलब्ध गराउने कर्णले बताए ।

सप्तरीमा समुन्नति कार्यक्रम

सन् २०१३ मा सप्तरी जिल्लामा सुरु भएको सेभ द चिल्ड्रेनको समुन्नति कार्यक्रमले ६ वटा नगरपालिका÷गाँउपालिका (सुरुङ्गा, खडक, तिलाठी कोइलाडी, विष्णुपुर, छिन्नमस्ता र राजविराज) मा काम गर्दै आएकाे छ । यस कार्यक्रमले स्थानीय सरकारसँग बालबालिकाको अधिकारको अनुभूति र सुरक्षा सुनिश्चित गर्न, आधारभूत शिक्षा र स्वास्थ्य सेवाहरूमा उनीहरूको पहुँच पु¥याउन र उनीहरूको परिवारको लागि जिविकोपार्जनका अवसरहरू सुनिश्चित गर्न काम गर्दछ जस्ले उनीहरूलाई आफ्ना बालबालिकाको हितमा लगानी गर्न सहयोग गर्दछ ।

प्रतिक्रिया