चर्चित कलाकार सुशान्त पाठक र अंश वर्मा अभिनित गीत सार्वजनिक [भिडियो सहित]

काठमाडौं । टिकटकमा भाइरल अंश वर्मा र चर्चित कलाकार सुशान्त पाठक अभिनित ‘पिरतीको खेल’ बोलको गित सार्वजनिक भएको छ । उमेश मुस्कानको स्वर रहेको सो गीत शुक्रबार सार्वजनिक गरिएको हो ।

गितमा वर्मा र पाठकसँगै मनिशा सिंहको अभिनय रहेको छ । गितका शब्द रचना गायक मुस्कान आफैले गरेका हुन् । अनुप चन्द ठकुरी निर्देशित भिडियोको छायाँकन बसन्त कुँवरले गरेका हुन् । वर्मा र पाठक अन्य गीतमा पनि सँगसँगै अभिनय गर्ने योजनामा छन् ।

कलाकार सुशान्तले शिव विकको निर्देशनमा बनेको चलचित्र ‘सोचको उडान’ मा समेत यसअघि अभिनय गरिसकेका छन् । सो चलचित्र ओएस आर मुभिज नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको थियो । सो चलचित्र ‘सोचको उडान’ सीए पढिरहेका विद्यार्थीहरुको जीवनमा आधारित छ ।

सुन्दरताको धनी कलाकार सुसान्त पाठकले विभिन्न म्युजिक भिडियो, सडक नाटक तथा टेलिसिरियलमा समेत उत्कृष्ट अभिनय गर्दै आएका छन् । उनले आगामी दिनमा समेत कलाकारितामै आफ्नो छुट्टै पहिचान बनाउने योजनामा रहेको बताए । पाठक मेहनती कलाकार मध्ये गनिन्छन् ।

भिडियो :

प्रतिक्रिया