विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा जनकपुरमा दीप प्रज्वलन

जनकपुरधाम। पोखरामा आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झनामा जनकपुरमा दीप प्रज्वलन गरिएको छ ।

आईतवार काठमाडौं देखि पोखरा उडेको यती एयरलाइन्सको एटिआर- ७२ को विमान दुर्घट्नाप्रति नेपाल विद्यार्थी संघ रा.रा.ब इकाई कमिटीद्वारा श्रदान्जली सहित दिप प्रज्वलन गरेको हो ।

जनकचौकमा आयोजित उक्त कार्यक्रममा नेपाली काँग्रेस आवद्ध विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो । दिप प्रज्वलनसंगै ने.वि.संघ रा.रा.ब इकाई कमिटिका उपसभापति मनिस यादवले विमान दुर्घट्नाप्रति दु:ख व्यक्त गर्दै छिटो भन्दा छिटो छानविन गर्न पर्नेमा जोड दिएका छन् । उनले भने,’ राज्य यस्तो दुर्घटना पूर्ण नहोस् भन्ने पक्षमा देखिन पर्छ ‌। हवाई जहाज प्रति आम जनताको विश्वास हराउदै गएको छ।’

त्यस्तै तरुण दल जनकपुरधाम उपमहानगरपालिकाका उपसभापति राकेश विक्रम शाहले सम्पूर्ण हवाईजहाजको मेकानिकल दृष्टिले चेकजाँच हुनपर्नेमा जोड दिए । उनले भने,’एउटै विमान तिन पटक विक्र भएर नेपालले किनेको देखिएको छ । त्यस्तो हो भने सबै विमानको आयु टेक्निकल एक्स्प्रटको निगरानीमा विशेष समिति बनाउन छ ।’

त्यस्तै सभामा कांग्रेस आवद्ध नेता रन्जित मण्डल, उदित मिश्रा, सन्जिव यादव, सुभाष पाठक, अन्जली झा, वलराम गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

मृतकहरुको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको हो । काठमाडौंबाट पोखराको लागी उडेको नाइनएन एएनसी एटिआर–७२ को बिमान आइतवार बिहान अवतरणको क्रममा पोखरामा दुर्घटना भएको थियो ।

प्रतिक्रिया