धनुषाका एक मेडिकल विद्यार्थीले पत्ता लगाए ह्वाट्सएपको डरलाग्दो कमजोरी, ५ सय डलर पुरस्कार पाउँने

जनकपुरधाम । प्रदेश २ का एक मेडिकल विद्यार्थीले ह्वाट्अपमा भएको डरलाग्दो जोखिम पत्ता लगाएका छन् । धनुषा क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका अविनाश कुमार मण्डलले उक्त जोखिम पत्ता लगाएका छन् ।

विरानगरको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा एमबिबिएस अन्तिम सत्रमा अध्ययनरत विद्यार्थी मण्डलले करोडौं एण्ड्रोइड प्रयोगकर्ताको ह्वाट्सएप मा देखा परेको मिसलिडिङ्ग युआई अन्तर्गत पर्ने कमजोरी पत्ता लगाएका हुन् ।

उनले पत्ता लगाएको उक्त कमजोरीले गर्दा प्रयोगकर्ताले नचाहेको डाटा समेत ह्याकर समक्ष पुग्ने बुझिएको छ ।

मेडिकल विद्यार्थी मण्डलले उक्त कमजोरी पत्ता लगाएर ह्वाट्एपको डेभलपर फेसबुकलाई जानकारी गराएपछि डेभलर संस्था फेसबुकले यो विषयलाई बाहिर नल्याउन आग्रह गरेको भन्दै छिट्टै यो समस्या छिट्टै समाधान गर्ने आसवासन दिएको बताए ।

 

ह्वाट्सएपको उक्त कमजोरी मण्डलले पत्ता लगाएपछि ह्वाट्स एपको डेभलपर फेसबुकले उनलाई ५ सय डलर पुरस्कार दिने भएको छ ।
ह्वाट्एपको यस्तो कमजोरी पत्ता लगाउन सफल हुँदै पुरस्कृत हुने भएपछि खुशी व्यक्त गर्दै मेडिकलका विद्यार्थी मण्डल भन्छन्,–‘अगामी दिन थग सिर्जनशिल काम गर्ने प्रेरणा मिलेको छ ।’अगामी दिनमा करोडौं सामाजिक संजाल प्रयोगकर्ता नेपाली तथा अन्य देशका प्रयोगकर्ताहरुलाई पनि यस्ता जोखिमबाट बचाउँने प्रयास गर्ने उनले बताए ।

प्रतिक्रिया
नागरिक मिरर