राष्ट्रपतिको निर्वाचन सहमतिमा जाने सम्भावना कम छ : डा. शेखर काेइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकारलाई विश्वासको मत दिएको विषय अब समाप्त भइसकेको बताएका छन् । 

विराटनगर विमानस्थलमा बुधबार साँझ सञ्चारकर्मीसँग उनले नेपाली कांग्रेसले वर्तमान सरकारलाई दिएको विश्वासको मतका विषयमा सम्पूर्ण कार्य समाप्त भएकाले यस विषयमा अब पार्टीभित्र कुनै किसिमको वादविवाद नरहेको स्पष्ट पारे ।

राष्ट्रपतिको निर्वाचन सहमतिमा जाने सम्भावना कम रहेको उल्लेख गर्दै डा कोइरालाले कांग्रेसले आफ्नो उम्मेदवार दिने र अन्य दलसँग छफलफल भइरहेको जानकारी दिए ।

उनले मङ्गलबार नयाँ बानेश्वरको आत्मदाहको घटना अन्त्यन्त दुःखदायी भएको प्रतिक्रिया दिए । 

प्रतिक्रिया
    ट्याग: